Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

ईलाका प्रशासन कार्यालय, चन्द्रौटा, कपिलवस्तु

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

ईलाका प्रशासन कार्यालय, चन्द्रौटा, कपिलवस्तु

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

कपिलवस्तु जिल्ला नेपालको ५ नं. प्रदेश अन्तर्गत  तराइमा पर्ने एक जिल्ला हो । २७ डिगी २५ मिनेट देखि २७ डिगी ४९ मिनेट उत्तरी अक्षांश र ८२ डिगी ४१ मिनेटदेखि ८३ डिगी १४ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७३८ वर्ग कि.मि.रहेको छ । नेपालको मानचित्रमा यस जिल्लाको पूर्वमा रुपन्देही, पश्चिममा दाङ, उत्तरमा अर्घाखाँची जिल्ला र दक्षिणमा भारतको उत्तरप्रदेश रहेका छन । जिल्लाको पूर्वपश्चिम सरदर लम्बाइ ३३.५माइल र उत्तर दक्षिण चौडाइ २० माइल रहेको पाइन्छ । कपिलवस्तु नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार प्राचीनकालमा कौशल देशका राजा ओकाकका सन्तानहरु उत्तरपट्टि छोडिदा घुम्दै कपिलमुनी ऋषिको आश्रममा पुगे । उनीहरुले आफ्नो बृत्तान्त उल्लेख गरेपछि ऋषिले नजिकको सालको जंगल फाँडी बसोबास गर्न सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ती हुन गएकोले कपिवत्थु हुँदै कपिलवस्तु नामाकरण हुन गयो । राजा शुद्धोधनको दरवार तथा भगवान गौतम बुद्धको बाल्य कृडास्थल तिलौराकोट जिल्लाको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको छ ।

विश्व सिमसार सचीमा परेको क्षेत्रः जगदिशपर ताल, शाक्य राजधानी (गौतम बुद्धको पिताको राजधानी) प्राचिन धार्मिक पर्यटकिय स्थलः तिलौराकोट, प्राचिन धार्मिक पर्यटकिय स्थलः कुदान, अंग्रेजसंगको लडाई भएको गौरवशाली स्थानः स्यूराज, शिवगढी जस्ता प्रसिद्ध स्थानहरु यस जिल्लामा रहेका छन् ।

यस जिल्लामा गर्मीमा तातो हावा (लु) चलेको बखत अधिकतम ४३ डिग्री सेल्सियससम्म पुग्दछ भने जाडोमा ४.५ डिग्री सेल्सियससम्म तापक्रम तल झर्ने गरेको पाइन्छ । साथै यस जिल्लामा औसत बार्षिक वर्षा १,५०० मिलिलिटर रहेको छ । चैत्र महिनादखि असोजको प्रारम्भसम्म निकै गर्मी, असोज, कार्तिक र फाल्गुणमा समसितोष्ण तथा बाँकी तीन महिना (मंसिर, पुष र माघ) मा ठण्डी हुनेगर्दछ । यसरी यो जिल्लाको हावापानी मौसम अनुसार विविध र विषम किसिमको रहेको छ ।(तथ्याङ्क कार्यालय, कपिलबस्तु)

यहि जिल्लाको पश्चिमतर्फको भू–भागमा प्रशासनिक कार्य गर्न २०४६/११/२४ मा ईलाका प्रशासन कार्यालय, चन्द्रौटाको स्थापना भएको हो । साविकका २२ गा.वि.स. (लालपुर, थुन्हिया, भिल्मी, अजिगरा, शिवगढी, बहादुरगञ्ज, पुरुषोत्तमपुर, भगवानपुर, रामनगर, बिद्यानगर, गणेशपुर, पत्थरदेहीया, खुरूहुरीया, गुगौली, वीरपुर, विसुनपुर, चनई, जवाभारी, कृष्णनगर, सिर्सीहवा, शिवानगर र शिवपुर) को जनसंख्याः-  १६६०८८ (२०६८ को जनगणना अनुसार) र क्षेत्रफलः-  ५५३.९२ बर्ग किलोमिटर रहेको कार्यक्षेत्र भित्रको प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकार प्रयोग गर्ने गरी स्थापित यस कार्यालयले हाल ३ वटा स्थानीय तहहरुः– शिवराज न.पा., कृष्णनगर न.पा. र विजयनगर गा.पा.को देहायको कार्य गर्ने गर्दछ ।

  • नागरिकता प्रमाणपत्र जारी गर्ने ।
  • नाबालक परिचयपत्र जारी गर्ने ।
  • राहदानी सम्बन्धी कार्य गर्ने ।
  • कालोबजार तथा तस्करी नियन्त्रण सम्बन्धी प्रारम्भिक कार्य गर्ने ।
  • ठाडो उजुरी सुनि सो उजुरीउपर आवश्यक कारवाही गर्ने ।
  • आफ्नो इलाका भीत्रका कार्यालय निरिक्षण गर्ने ।
  • शान्ति सुरक्षा स्थापनामा प्रमुख जिल्ला अधिकारीलाइ सहयोग गर्ने ।
  • स्थानिय तहबाट सिफारिस भइआएको ब्यहोरा प्रमाणित गर्ने ।
  • बजार अनुगमन गर्ने ।
  • भैपरी आउने अन्य कार्य गर्ने ।

सो कार्य गर्न हाल यस कार्यालयको दरवन्दी देहायानुसार छः-

  • उप सचिव-१
  • शाखा अधिकृत-१
  • नायब सुब्बा-२
  • लेखापाल-१
  • कम्प्यूटर अपरेटर-१
  • खरिदार-२
  • ह.स.चा.-१
  • कार्यालय सहयोगी-४


पछिल्लो अपडेट गरिएको : 2083-01-23 17:35:18

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, चन्द्रौटा, कपिलवस्तु .