सूचनाको हक सम्बन्धी ऐन बमोजिम प्रकाशित विवरणहरु
2076-07-24
सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ५ को उपदफा ३ बमोजिम प्रकाशित विवरणहरु
१. निकायको स्वरुप र प्रकृत:-
• सेवाग्राहीको बढ्दो चापको कारणले जिल्ला प्रशासन कार्यालयहरुबाट उपलब्ध हुने सेवा सहज र सरल तरिकाले उपलब्ध गराउन कठीन भएको हुँदा जनताको घरदैलो नजिकै बाट सेवा सुविधा उपलब्ध गराइ जिल्ला प्रशासन कार्यालयहरुको कार्यबोझलाइ न्यूनिकरण गर्ने उदेश्यले इलाका प्रशासन कार्यालयहरु स्थापना गरिएका हुन् । यसै उद्देश्यलाइ पुरा गर्न ईलाका प्रशासन कार्यालय, चन्द्रौटा मिति २०४६।११।२४ मा स्थापना भएको हो । यस कार्यालयले हाल कपिलवस्तु जिल्लाका शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका गरी तीनवटा स्थानिय तहका सेवाग्राहीहरुलाइ सेवा प्रदान गरिरहेको छ ।
२. निकायको काम, कर्तब्य र अधिकार :-
• नागरिकता प्रमाणपत्र जारी गर्ने ।
• नाबालक परिचयपत्र जारी गर्ने ।
• राहदानी सम्बन्धी कार्य गर्ने ।
• कालोबजार तथा तस्करी नियन्त्रण सम्बन्धी प्रारम्भिक कार्य गर्ने।
• ठाडो उजुरी सुनि सो उजुरीउपर आवश्यक कारवाही गर्ने ।
• आफ्नो इलाका भीत्रका कार्यालय निरिक्षण गर्ने ।
• शान्ति सुरक्षा स्थापनामा प्रमुख जिल्ला अधिकारीलाइ सहयोग गर्ने ।
• स्थानिय तहबाट सिफारिस भइआएको ब्यहोरा प्रमाणित गर्ने।
• बजार अनुगमन गर्ने ।
३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण:-
• उप-सचिब - १ (शाखा अधिकृतबाट पेश भएका विषयमा निर्णय दिने, आफुले निर्यय गर्न नसक्ने विषयमा राय सहित प्र. जि. अ. समक्ष पेश गर्ने, दैनिक प्रशासनिक र आर्थिक कार्य गर्ने, कार्यलय प्रमुखको हैसियतले गर्नुपर्ने र प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भएका सबै कार्यहरु गर्ने )
• शाखा अधिकृत - १ (नागरिकता जारी गर्ने, राहदानी सम्बन्धी कार्य गर्ने, आफूले निर्णय गर्न नसक्ने विषयमा राय सहित कार्यालय प्रमुख समक्ष पेश गर्ने, प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन एवं निर्देशन भएका र कार्यलय प्रमुखबाट अधिकार प्रत्यायोजन एवं निर्देशन भए अनुसारका सबै कार्यहरु गर्ने )
• नायब सुब्वा -२( फाँट प्रमुख भइ कार्य गर्ने, कार्यालय प्रमुख र शाखा अधिकृतबाट निर्देशन भएका कार्यहरु गर्ने )
• लेखापाल - १ ( लेखा सम्बन्धी सबै कार्य गर्ने )
• कम्प्यूटर अपरेटर - ( कम्प्यूटर सम्बन्धी सबै कार्य गर्ने )
• खरिदार - २ ( सहायक कर्मचारीको रुपमा काम गर्ने )
• ह.स.चा.-१ ( कार्यालयको आवश्यकतानुसार सवारी साधन चलाउने )
• कार्यालय सहयोगी - ४ (कार्यालयको सरसफाइ गर्ने र कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुले लाए अह्राएको काम गर्ने )
४. निकायबाट प्रदान गरिने सेवा:-
• नागरिकता प्रमाणपत्र प्रदान ।
• नाबालक परिचयपत्र जारी ।
• द्रुत राहदानी सिफारिस ।
• स्थानिय तहबाट सिफरिस भइ आएको ब्यहोरा प्रमाणित ।
• ठाडो उजुरी सुन्ने र सोको निर्णय दिने ।
५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी:-
• नागरिकता शाखा - नाय सुब्वा, शाखा अधिकृत, उप-सचिव ।
• राहदानी सिफारिस - नाय सुब्वा, शाखा अधिकृत, उप-सचिव।
• प्रशासन शाखा - नाय सुब्वा, शाखा अधिकृत, उप-सचिव ।
• लेखा शाखा - लेखापाल, उप-सचिव ।
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अबधि:-
• दस्तुर:- तोकिएको निबेदन दस्तुर वापतको टिकट बाहेक यस कार्यालयबाट उपलब्ध हुने सेवामा कुनै दस्तुर नलाग्ने ।
• अबधी:- प्रमाण पुगेकै दिन सेवा प्रदान गरिने ।
७. निर्णय गर्ने प्रक्रिया र अधिकारी:-
• निर्णय प्रक्रिया :- तोक आदेश र टिप्पणी ।
• निर्णय गर्ने अधिकारी :- शाखाबाट पेश भएकोमा शाखा अधिकृत र शाखा अधिकृतबाट पेश भएकोमा कार्यालय प्रमुख।
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:-
• शाखा अधिकृतबाट निर्णय भएकोमा - कार्यालय प्रमुख ।
• कार्यालय प्रमुखबाट निर्णय भएकोमा - प्रमुख जिल्ला अधिकारी।
९. सम्पादन गरेको कामको विवरण:- (आ.ब.२०७५/७६ को अश्विन सम्म)
|
इलाका प्रशासन कार्यालय, चन्द्रौटा प्रगति विवरण २०७६/७७
|
|
क्र.स.
|
महिना
|
वंशज
|
वै.अ.
|
प्रतिलिपि
|
नावालक
|
ठाडो उजुरी
|
बजार अनुगमन
|
द्रुत राहदानी
|
छडके अनुगमन
|
विविध प्रमाणित
|
कैफियत
|
|
१
|
श्रावण
|
320
|
23
|
107
|
2
|
3
|
0
|
29
|
0
|
63
|
|
|
२
|
भाद्र
|
444
|
57
|
140
|
5
|
4
|
1
|
31
|
0
|
29
|
|
|
३
|
आश्विन
|
294
|
44
|
111
|
3
|
1
|
0
|
86
|
0
|
2
|
|
|
४
|
कार्तिक
|
303
|
27
|
92
|
3
|
4
|
0
|
70
|
0
|
7
|
|
|
जम्मा
|
|
1361
|
151
|
450
|
13
|
12
|
1
|
216
|
0
|
101
|
|
१०. सूचना अधिकारी र प्रमुखको नाम र पद:-
• सूचना अधिकारी - शा अ श्री जगदीश अर्याल ।
• कार्यालय प्रमुख - उ स श्री शंकर बहादुर बिष्ट ।
११. ऐन, नियम, विनियम र निर्देशिकाको सूची:-
• नेपाल नागरिकता ऐन, २०६३
• नेपाल नागरिकता नियमावली, २०६३
• नागरिकता वितरण कार्यविधी निर्देशिका, २०६३
• स्थानिय प्रशासन ऐन, २०२८
• राहदानी ऐन, २०२४
१२. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्याबधिक विवरण (आ.ब.२०७६/७७ आश्विन मसान्त को)
शिर्षक बिनियोजित र खर्च
चालु ६२,८३,०००।०० मध्ये खर्च रु १४,५९,१२५।२८
पुँजीगत ५००००।०० मध्ये खर्च रु ०।००
राजश्व आम्दानी ×